किसानहरुलाई सजिलोका लागि अब सिधै विराटनगरबाट रासायनिक मल ल्याइने : नगर प्रमुख गुरुङ

धनकुटा,२५ बैशाख । पाख्रीवास नगर पालिकाका मेयर ज्ञान बहादुर गुरुङले किसानहरुलाई सजिलाे होस् भन्ने लक्षका साथ अब सिधै विराटनगरबाट रासायनिक मल ल्याउने बताउनु भएको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था पाख्रीवास शाखाले आज पाख्रीवासमा आयाेजना गरेकाे केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले त्यस्ताे बताउनु भएकाे हाे । जसका लागि नगरले ढुवानी खर्चका लागि ५ लाख बजेटकाे व्यवस्था गरेकाे बताउनु भयाे ।

यसअघि नगरका सहकारीहरुले जिल्लाबाटै मल खरिद गरि किसानहरुलाई दिदा किसानहरुले मल किन्ने शुल्क बढी लाग्ने गरेकाे उहाकाे भनाई छ । सिधै विराटनगरबाट मल खरिद गरेर नगरका सहकारी मार्फत किसानलाई दिदा तुलनात्मक हिसाबले किसानले मूल्य कम तिर्न पर्ने उहाँले बताउनु भयाे ।

पशुपालक किसानहरुकाे सहजताका लागि नगरमा पशु विमाकाे व्यवस्था रहेकाे पनि उहाँले जानकारी गराउनु भयाे । साथै मेयर गुरुङले पाख्रीवासकाे बजार क्षेत्र सहित अन्य केही वडाहरुमा भईरहेकाे खानेपानी समस्या समाधानका लागि बाेरिङ सिष्टम मार्फत पानी तानेर वितरण गर्न लागिएकाे बताउनु भयाे । जसअनुसार हाल उत्तरपानी र उन्धुने भन्ने ठाउँमा याे प्रणाली मार्फत पानी निकाल्न थालिसकिएकाे र छिट्टाेमा जेठ १५, या त चालू आर्थिक वर्ष भित्रमा ती ठाउँका पानी नगरवासीलाई वितरण गर्न थालिने उहाँकाे भनाई छ । विमाकाे विषयमा मेयर गुरुङले आगामीदिनमा जीवन विकास लघुवित्त वित्तीय संस्था सँग सहकार्य गरेर अघि बढ्ने बताउनु भयाे ।

यता पाख्रीवास नगरपालिका वडा नं ४ का वडाध्यक्ष सन्ताेष मानन्धरले कार्यक्रमका सहभागिहरुलाई ऋण लिने र खर्च गर्ने विषयमा आफुहरु स्पष्ट हुन सुझाव दिनु भएकाे छ ।

उल्लेखित कुरामा स्पष्ट नभई ऋण लिएर फरक ठाउँ, फरक कुरामा लगानि वा खर्च गर्दा ऋण लिनेहरुलाई नै समस्या हुने भएकाेले निश्चित कामका लागि संस्थाहरुले प्रदान गरेकाे ऋण निश्चित काम कै लागि लगानी गरे उपलब्धि मूलक हुने उहाँले बताउनु भयाे ।

जीवन विकास लघुवित्त वित्तीय सस्थाले नगर क्षेत्रमा धेरै राम्रा कार्यक्रमहरु गर्दै आईरहेकाे भन्दै उहाँले कार्यक्रम सफलताकाे शुभकामना दिनुभएकाे थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖