दमकमा दुर्घटनामा परी ताप्लेजुङका एक जनाको मृत्यु
झापा । गएराति दमकमा सवारी दुर्घटना हुँदा स्कुटी चालक ताप्लेजुङ निवासि २२ बर्षका अँकित लिम्बुको घटनास्थलमै मृत्यु भएको छ ।
साथै स्कुटरको पछाडी सवार पाँचथर मिक्लाजुङ गाउँपालिका ४ कि ४२ बर्षीया सृजना राई गम्भिर घाईते भएकी छन् ।
लिम्बू दमकस्थित दमक थकाली किचन घरमा कार्यरत थिए । ट्रक चालक भने फरार रहेकाले खोजी कार्य जारी रहेको छ ।
ट्रक र स्कुटर दमक प्रहरीको नियन्त्रणमा रहेको छ ।


