झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
झापा, वैशाख २८ गते । झापामा खुकुरी प्रहारी गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख २७ गते राती साढे ८ बजे झापाको कनकाई नगरपालिका-२ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले उनकै श्रीमती ३४ वर्षीया पुजा हेमरनलाई आपसी वाद विवादको क्रममा धारीलो हतियार खुकरीले घाँटी काटी हत्या गरेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले श्रीमानलाई नियन्त्रणमा लिएको छ भने उक्त लाश पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


