किरात राई यायोक्खा पाख्रीबासद्वारा विधिपूर्वक साकेला थानको स्थापना तथा पूजा (फोटो फिचर)
धनकुटा,२९ बैशाख । प्रकृतिपूजक किरातीहरुले आज उभौली साकेला चाड मनाउंदैछन् ।
सोही अवसरमा किरात राई यायोक्खा पाख्रीबास नगर समितिले पनि आज विधिवत रुपमा पूजाआजा गरि साकेला थानको स्थापना गरेको छ ।
पाख्रीबास नगरपालिका ७ स्थित राम्चे डांडामा साकेला थानको स्थापना गरिएको हो । पूजाथानमा नाग्छोंगद्वारा विधिपूर्वक पूजा गरि थानको स्थापना गरिएको हो ।
कार्यक्रममा किराया समितिका पदाधिकारी लगायत स्थानिय किरात समुदायको उपस्थिति रहेको थियो ।
विधिवत रुपमा पूजा गरिएपनि बृहत औपचारिक कार्यक्रम भने जेठ ३ गते सोही स्थानमा हुने किराया पाख्रीबासले जनाएको छ ।





