धनकुटामा किरात समुदायले यसरी मनाए उभौली चाड(भिडियो सहित)

धनकुटा,२९ बैशाख । किराती समुदायले आज भव्य रुपमा उभौली चाड मनाएरा छन् ।

प्रकृती पुजक याे समुदायले साकेला थान (भुमेस्थान) मा पूजा आराधना गरि साकेला नाच नाच्दै यो चाड मनाएका हुन् । उनिहरुले माङ्पाबाट पूजा गराई यस चाडमा अब लगाईने वालीनाली राम्राे हाेस् भन्ने कामना गर्दछन् भने पितृहरुकाे पनि सम्झना गर्दछन् ।

यहि अवसरमा किरात राई यायोक्खा धनकुटाले बृहत् साकेला कार्यक्रमको आयोजना गरि यो चाड मनाएको छ । धनकुटा सदरमुकाम राईकुवा टोल स्थितकाे साकेला थानमा पूजा गरि साकेला पार्कमा साँस्कृतिक नृत्य साकेला प्रदर्शन गरिएकाे थियाे ।

यसवीच साकेला पार्कमा आज १४ वटा फलैचा पनि राखिएका छन् । आफ्ना पितृहरुको नाममा विभिन्न व्यक्तीहरु मार्फत ती फलैचाहरु निर्माण गरिएकाे किरात राई यायाेक्खा धनकुटाका अध्यक्ष उद्ववमणी राईले जानकारी दिनु भयाे ।

त्यस्तै हिले, पाख्रीवास लगायतका स्थानमा पनि आज भव्यताका साथ उभौली चाड मनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖