मोरङ, झापा र भोजपुरबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जना पक्राउ

विराटनगर,वैशाख ३० गते । मोरङ, झापा र भोजपुरबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख २९ गते बिराटनगर महानगरपालिका-१६ र १७ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारत बाट नेपाल तर्फ आउदै गरेका मोरङ केरावारी गाँउपालिका-७ का ३० वर्षीय प्रेम राई र ४४ वर्षीय नबिन चेम्जोङलाई ब्राउन सुगर ४ ग्राम ५० मिलिग्राम सहित र झापा दमक-५ की २८ वर्षीया सानु माझी र २० वर्षीया अनिता माझीलाई प्रतिबन्धित औषधी-३६ एम्पुल सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापाको मेचीनगर-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी २५ वर्षीया सरु राई र २० वर्षीया सुजता राईलाई ब्राउन सुगर ६ सय १० मिलिग्राम सहित पक्राउ गरेको छ ।

सोहि दिन इलाका प्रहरी कार्यालय गौरीगंजले झापा कमल गाँउपालिका-६ का २९ वर्षीय हरि चन्द्र कार्कीलाई १ ग्राम ४ सय ३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर-१२ कोट डाडाँका २२ वर्षीय संजिव श्रेष्ठलाई प्रतिबन्धित औषधी- ट्रमाडोल र स्पासपेन गरि जम्मा २५२ चक्की सहित पक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖