मोरङमा बिहेमा नाचगान गरिरहेकामाथि हाइटेन्सनको करेन्ट लागेर दुई महिलाको मृत्य

मोरङ । मोरङमा बिहेमा नाचगान गरिरहेकामाथि हाइटेन्सनको करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ। गएराति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो।

छिमेकी मंगललाल सिंहका छोराको विवाहमा नाचगान गरिरहेका बेला ३ जनालाई करेन्ट लागेको थियो जसमध्ये दुई जनाको मृत्यु भएको हो भने स्थानीय ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन्।

बिहे घरमा माइक राख्नका लागि हाइटेन्स लाइन नजिकै हरियो बाँस गाडिएको थियो। पानीसँगै आएको हावाहुरीले बाँस ढलेर हाइटेन्सन लाइनमा छोएपछि करेन्ट लागेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

करेन्ट लागेर गम्भीर घाइते दुई जनालाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। अस्पतालमा पुर्याउनासाथ राति ९ बजे दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।राधाकुमारी भने उपचारपछि घर फर्किएकी छन्। उनीहरुको शव अहिले अस्पतालमै रहेको र पोष्टमार्टम गरेपछि परिवारलाई हस्तान्तरण गरिने प्रहरीले जनाएको छ। -सोलु एफ एमबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖