धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु
धनकुटा,१ जेठ । धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको धनकुटा नगरपालिका ८ शिवाबेशी स्थित ६८ बर्षिया मंगल सिंह राई रहेका छन् ।
आज दिउंसो करिब ३ बजे खेतबारीमा धान गोड्ने क्रममा अचानक बिद्युतको तार खसेर करेन्ट लाग्दा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।


