धनकुटामा विवादास्पद सप्तकोशी उच्चबाँधको विषयमा छलफल

धनकुटा । समय समय चर्चा र विवादमा रहेकाे प्रस्तावित सप्तकोशी उच्च बाँध निर्माण आयोजना खारेजीको माग गर्दै स्थानीयले बिरोध चर्काउँदै लगेपछि धनकुटामा सरोकारवालाहरु बीच छलफल भएको छ ।

लामाे समय देखि बिवाद र चर्चामा रहेको सप्तकोशी उच्च बाँध निर्माण योजनाको खारेजीको माग गर्दै संघर्ष समितिले बिरोधका चरणबद्ध कार्यक्रम सार्वजनिक गरेपछि सप्तकोशी उच्चबाँध बुहउद्देशीय आयोजनाले प्रभावित क्षेत्रका स्थानीय, जनप्रतिनिधि र जिल्ला स्थित सुरक्षा निकायका पदाधिकारी संग धनकुटा शुक्रबार छलफल गरेकाे हाे ।

धनकुटा सहित भाेजपुर, उदयपुर लगायत जिल्लाका तटिय डुवान क्षेत्रका स्थानीयले प्रस्तावित बाँध निर्माणले बाध्यात्मक विस्थापनमा पर्नुका साथै आफूहरुको अस्थित्व माथि नै खतरा उत्पन्न हुने भन्दै बिरोध गर्दै आएका छन् । छलफलमा आयोजनाले डिपिआरका लागि संस्थागत व्यवस्था , अध्ययनका उद्देश्य, कार्यक्षेत्र, हालसम्मको अध्ययनको अवस्था र आगामी कार्ययोजनाका बारेमा आफ्ना धारणा राखेको सप्तकाेशी ।

सप्तकोशी बहुउद्देश्य उच्चबाँध आयोजना बिराटनगरका प्रमुख सहदेव थापाले जानकारी दिनु भयाे । यता आन्दोलित संघर्ष समितिका पदाधिकारीले सप्तकोशी उच्च बाँधका कारण लाखौं नागरिक बाध्यात्मक बिस्थापनमा पर्ने भन्दै उक्त परियोजनाले नेपाल र नेपाली हित नगर्ने भन्दै कुन काम अगाडि नबढाउन चेताबनी दिएका छन् ।

संघर्ष समितिका सल्लाहकार नाथुराम राइका अनुसार समितिले कुनै काम अगाडि नबढाउन आयाेजना लाई भनेकाे बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖