ग्रामथान अध्यक्ष माझीको स्पष्टिकरण : वडाध्यक्षमाथि कुनै दुव्र्यवहार गरेको छैन, एमालेको आरोप कपोकल्पित र भ्रामक

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्ष यादव खतिवडामाथि कुनै पनि प्रकारको दुव्र्यवहार नगरेको स्पष्ट पारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङद्वारा शनिबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तीप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष माझीले उक्त आरोप ‘भ्रामक, कपोकल्पित र आपत्तिजनक’ भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले आफूले कसैलाई ज्यान मार्ने धम्की नदिएको र कुनै गालीगलौज नगरेको दाबी गरेका हुन् ।

‘जेठ ३ गते एमाले ग्रामथान गाउँसमितिको भ्रामक र कपोकल्पित प्रेस विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाउँदै वास्तविकता बाहिर ल्याइएको हो,’ माझीले लेखेका छन् ।

भएको के थियो ?

ग्रामथान गाउँपालिका वडा नं. २ स्थित झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य कार्यालय मोरङको आयोजनामा वैशाख ३० र ३१ गते ‘आधारभूत अस्पताल सेवा मापदण्ड (ःक्क्)’ विषयक दुईदिने तालिम आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन अध्यक्ष माझीले गरेका थिए भने समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुनः उपस्थित भएका थिए । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष यादव खतिवडाले गरेका थिए ।

समापन सत्रको समयमा केही सेवाग्राही तथा स्थानीय व्यक्तिहरूले तालिम हलमा प्रवेश गरी गाउँपालिकाको आर्थिक प्रशासन शाखामा ताला लगाउने प्रयास गर्दा विवाद उत्पन्न भएको थियो । वडाध्यक्षसँग ताल्चाको चाबी माग्दै विवाद चर्किएको थियो ।

प्राथामिक स्वास्थ्य केन्द्र झाराहाटले जारी गरेको सूचना अनुसार, अध्यक्ष माझीले समयमै हस्तक्षेप गर्दै विवाद नियन्त्रणमा लिएका थिए र उपस्थित व्यक्तिहरूलाई शान्तिपूर्वक हलबाट बाहिर जान अनुरोध गरेका थिए । परिस्थितिको गम्भीरता हेरेर उनले तत्काल कार्यक्रम स्थगित गर्न मौखिक निर्देशन पनि दिएका थिए ।

झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रले आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यक्रमका क्रममा उत्पन्न विवादमा गाउँपालिका अध्यक्ष माझीले संयमित ढंगले काम गरेको र कार्यक्रम स्थगित गरेर स्थान छाडेको जानकारी दिएको छ ।

अध्यक्ष माझी स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । पछिल्लो विवादलाई कतिपयले राजनीतिक प्रतिस्पर्धासँग जोडेर हेरिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖