कोसी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना
मोरंग । कोसी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ ।
सोमबार प्रदेशसभा सदस्यहरू चढेको गाडी झापाबाट विराटनगर आउँदै गर्दा दुर्घटनामा परेको हो ।
गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।
विपरीत दिशाबाट आउँदै गरेको बा५च ३५२० नम्बरको कारसँग सांसद चढेको गाडी ठोक्किएको थियो । इलाका प्रहरी कार्यालय पथरीका अनुसार, गाडीमा सवार सांसदहरूको अवस्था सामान्य छ ।


