चौथो औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सव सम्पन्न
धनकुटा,५ जेठ । धनकुटामा बैशाख २३ गते देखि संचालन भएको चौथो औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सव सम्पन्न भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा भएको महोत्सव सोमबार सम्पन्न भएको हो । महोत्सवमा धनकुटा सहित कोशी प्रदेशका साना तथा घरेलु उद्योगमा उत्पादन भएका वस्तुहरुको प्रदर्शनी तथा विक्रि वितरणका गरिएको थियो । साथै महोत्सवमा स्थानीय खानाका परिकारहरू, कृषि उत्पादन, र पर्यटनसँग सम्बन्धित फोटो प्रदर्शनी समेत गरिएको थियो ।
महोत्सवको समापन गर्दै पूर्वमन्त्री तथा संघिय संसद राजेन्द्र कुमार राईले धनकुटाको आर्थिक चलयमान गर्न महोत्सवले सहयोग गरेको बताए ।
त्यस्तै नेपाल घरेलु उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले महोत्सवले धनकुटा घरेलु उद्योगमा उत्पादित वस्तुको बजारी करण सहित कोशी प्रदेशको पर्यटन वर्ष लाई सफल बनाउँन सहयोग गरेको बताए ।


