धनकुटाबाट लागुऔषध खैरो हेरोइन र प्रतिबन्धित औषधि सहित चार जना पक्राउ
धनकुटा,७ जेठ । धनकुटाबाट लागुऔषध खैरो हेरोइन सहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका ७ त्रिबेणी चोकमा बस्ने २५ बर्षिया अभिषेक लिम्बु र धनपा ७ जिरोप्नाइन्ट बस्ने १९ बर्षिया सादर साहनी रहेका छन् ।
गत जेठ ६ गते खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सुचनाको आधारमा खटिएको सर्च टोलीले लागुऔषध खैरो हेरोईन जस्तो देखिने लिसाइलो वस्तु स-साना प्लाष्टिकका पोका थान २२ फेला पारी बरामद गरी निजहरूलाई नियन्त्रणमा लिइएको हो ।
उक्त खैरो हेरोइन जस्तो वस्तुको तौल गर्दा प्लाष्टिकबाहेक २ ग्राम १२० मि.ग्रा. रहेको साथै निजहरु बसेको कोठाबाट SPASPAIN लेखिएको प्रतिबन्धित औषधि १० ट्याबलेट समेत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेकालाई प्रारम्भिक सोधपुछ गर्दा लागुऔषध बेचबिखनमा सङ्लग्न रहेको भनेर खुल्न आएका धनकुटा नपा-१ बस्ने अन्दाजी २२ बर्षिया राम राई र २४ बर्षिया दावा छिरिङ तामाङलाई धनकुटा नपा-१ हिलेबाट नियन्त्रणमा लिई चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


