धनकुटाबाट लागुऔषध ५१ किलो गांजा सहित एक महिला पक्राउ
धनकुटा,८ जेठ । धनकुटाबाट लागुऔषध ५१ किलो गांजा सहित एक महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाउंपालिका ७ का २६ बर्षिया लक्ष्मी राई रहेका छन् ।
आज बिहान इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले ,साँगुरीगढी गाफा ६ भेडेटार चोकमा चेकिङ्ग गर्ने क्रममा तेह्रथुमबाट इटहरीतर्फ जाँदै गरेको प्र१-०२-००१ ज ४४८० नम्बरको यात्रुबाहक इभी गाडीलाई जाँच गर्दा गाडीको छतमा एउटा जेब्रा झोला र दुई वटा बोरामा लागुऔषध गाँजा ५१ के.जी. फेला परेकोले उक्त गाँजा साथमा ल्याई सो गाडीमा सवार रहेकी यात्री राईलाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
उक्त इभी र चालक तेह्रथुमको म्याङ्गलुङ्ग नगरपालिका ७ का ३७ बर्षिया प्रकाश गुरुङ्गलाई समेत अनुसन्धानको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


