धनकुटामा लागुऔषध दुर्व्यसनबिरूद्धको अभियान अन्तर्गत विद्यार्थीहरू बीच चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना

धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरको आदेशानुसार प्रदेशभरिका १४ वटै जिल्लामा मिति २०८१ फागुन २८ गतेदेखि लागु भएको लागुऔषध दुर्व्यसनबिरूद्धको अभियान (Fight Against Narcotics) “FAN” अभियान अन्तर्गत आज जिल्ला प्रहरी कार्यालयको सभाहलमा धनकुटा नगरपालिकाभित्र रहेका ५ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

उक्त प्रतियोगितामा दुवै विधातर्फ प्रत्येक विद्यालयका २/२ जना गरी जम्मा २० जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा FAN Club गठन भएका ५ वटै विद्यालय (गोकण्डेश्वर मा.वि., निजामती आवासीय विद्यालय, त्रिवेणी मा.वि., बालसंसार मा.वि. तथा माथिल्लो गोकुण्डेश्वर मा.वि.) का क्लब सदस्यहरू १३/१३ जना गरी जम्मा ६५ जना लगायत अन्य शिक्षक तथा प्रहरी कर्मचारीहरू गरी अन्दाजी १०० जनाको उपस्थिति रहेको थियो । प्रत्येक क्लबमा एक जना शिक्षक तथा मा.वि. तहका १२ जना विद्यार्थी रहने व्यवस्था रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि यस कार्यालयका कार्यालयप्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले दुवै विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरी मन्तव्य राख्नुभएको थियो भने सहभागी विद्यार्थी तथा शिक्षकहरूको तर्फबाट १/१ जनाले आ-आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । आ-आफ्नो भनाइ राख्दै वक्ताहरूले प्रहरीले शुरू गरेको यो अभियान नवीन, सचेतनामुलक, प्रेरणादायी र उत्साहजनक रहेको बताउनुभएको थियो ।

गत फागुनबाट शुरू भएको यो अभियान अन्तर्गत जिल्लास्तरीय समिति गठन भई यसअघि विभिन्न मितिमा दुर्व्यसनीविरूद्ध आमाहरू तथा क्लब सदस्यहरूलाई लागुऔषधसम्बन्धी ओरियन्टेशन कार्यक्रम सम्पन्न भइसकेको छ । निकट भविष्यमा क्लब सदस्यहरूको अन्तरविद्यालय भेटघाट कार्यक्रम, विद्यार्थी वक्ताहरूको कुनो (Student- Speakers’ Corner) कार्यक्रम, विद्यालयहरूमा FAN बुलेटिन प्रकाशन, लागुऔषधसँग सम्बन्धित कथा, कविता, निबन्ध, वादविवाद प्रतियोगिता, योगध्यान, क्लब सदस्यहरूलाई ट्रेनिङ अफ ट्रेनर्स कार्यक्रम गर्ने तालिका रहेको छ ।

प्रतियोगिता सञ्चालन गर्नुअघि आजै सहभगी सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूलाई “प्रहरीसँग १ दिन” कार्यक्रमअन्तर्गत कार्यालयका सम्पूर्ण शाखाहरू, हिरासत, ब्यारेक, मेस लगायतको अवलोकन गराई प्रहरीले गर्ने कामकारबाहीबारे सामान्य जानकारी समेत दिइएको थियो ।

चित्र्कला प्रतियोगितामा बाल संसारकी मानुषी घिमिरे प्रथम, त्रिवेणीका आशिष राई द्वितीय, गोकुण्डेश्वर बालमन्दिरकी सरस्वती अधिकारी तृतीय भएका थिए भने वक्तृत्वकलातर्फ बालसंसारकी अनुभूति राई प्रथम, गोकुण्डेश्वरकी अविशा राया द्वितीय र गोकुण्डेश्वर बालमन्दिरका विवेक बस्नेत तृतीय भएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।