धनकुटामा रुख काट्दा कोशी लोक मार्ग अवरुद्द
धनकुटा,१० जेठ । धनकुटामा रुख रुख काट्ने कार्य भइरहेकेले कोशी लोक मार्ग अवरुद्द भएको छ ।
आज धनकुटा नगरपालिका वडा नम्बर ३ स्कुल डाडा स्थित शिलढुङ्गा सामुदयिक वनको कोशी लोकमार्गको आसपासमा रहेको लड्न र जोखिम अवस्थामा रहेको रुख काट्ने कार्य भई रहेकोले अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
कोशी लोकमार्ग केहि समय अवधीलाई अवरोध भएको छ भने साना सवरी साधन वैकल्पिक मार्ग बाट सवारी आवत जावत भई रहेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल ,भिमदल गण सल्लेरीका प्रमुख सेनानी गणेश थापा ,जिप्रका धनकुटाका कार्यालय प्रमुख शरत कुमार थापा क्षेत्री,वन कार्यालयका प्रतिनिधी र सामुदायिक वनका पदाधिकारी समेतको उपस्थितिमा उक्त कार्य भईरहेको छ भने सवारी डाईभर्सनको लागी ट्राफिक प्रहरीले काम गरी रहेको छ ।




