मुक्तिनाथ विकास बैंक धनकुटा शाखाद्वारा धनकुटा जिल्ला अस्पताललाई ७ थान कुर्सी प्रदान
धनकुटा । सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत मुक्तिनाथ विकास बैंक धनकुटा शाखाले धनकुटा जिल्ला अस्पताललाई ७ थान कुर्सी प्रदान गरेकाे छ ।
अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सहज हाेस् भन्ने लक्षका साथ तीन सिट क्षमता भएकाे ७ थान कुर्सी अस्पताललाई प्रदान गरिएकाे बैंले जनाएकाे छ ।
याे कार्यले अस्पतालमा सेवा लिन आउने विरामी र अन्य नागरिकहरुलाई समेत सहज हुने बैंककाे अपेक्षा छ । याे बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सेवा मुलक विभिन्न कार्यहरु गर्दै आएकाे छ ।


