बिधालय शिक्षामा नै गणतन्त्र र लोकतन्त्रवारे पढाउनु पर्छ: एमाले महासचिव पाेखरेल

 काठमाडौं, १३ जेठ । नेकपा (एमाले) महासचिव शंकर पाेखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताएका  छन्।

 

पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित भेला/बैठकलाई सम्वाेधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

उनले गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन भन्ने भ्रम चिर्नलाई पनि गणतन्त्र प्राप्तिपछि सामाजिक, सास्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिकलगायतका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउन  र नयाँ पुस्तालाई सूसुचित गराउन पनि विद्यालय शिक्षामा गणतन्त्र र यस्काे उपलब्धिबारे पढाउनुपर्नेमा उनको जाेड थियाे । 

 

गणतन्त्रपछि जन्मिएका बच्चाहरूले बलिदानीपूर्ण सङ्घर्षबाट लाेकतन्त्र-गणतन्त्र स्थापना भएको हाे भन्ने जानकारी दिनका लागि पनि विद्यालय शिक्षामै लाेकतन्त्र र गणतन्त्रबारे पढाउनु पर्ने पनि उनले उल्लेख गरे । 

 

उनले त्यहाँ सम्बाेधन गर्दै संविधान संशोधन गरेर भए पनि नागरिकस्तरमै उत्सवका रुपमा लाेकतन्त्र-गणतन्त्र दिवस मनाउनु पर्नेमा पनि जाेड दिए ।  याे पटक एमालेले गणतन्त्र दिवसलाई जेठ १५ मा जनताको उत्सवको दिनका रुपमा मनाउने तयारी गरेकाे पनि उहाँले उल्लेख गरे । 
  
महासचिव पाेखरेलले लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरु जनताको सम्प्रभुताका विरुद्धका अर्थात जनताका विरुद्धका गतिविधिहरु हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरुक बनाउने अभियानमाका रुपमा पनि जेठ १५ लाई उत्सवका रुपमा मनाउन

 

लागेकाे उल्लेख गरे । 
जेठ १५ मा मनाउने उत्सव कसैकाे विराेधमा लक्षित नभएको भन्दै उहाँले गणतन्त्र नेपाली जनताकाे भन्दै सबै भन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रुपमा मनाउन लागेकाे जानकारी दिए । 

 

उनले जनताकाे बलिदानी सङ्घर्षबाट प्राप्त लाेकतन्त्र, गणतन्त्र जाेगाउन पनि जनताले याे दिन हाम्रो दिन हाे भन्ने अनुभुति दिलाउनका लागि पनि एमालेले उत्सवका रुपमा झाँकीसहित मनाउन लागेकाे जानकारी दिए ।

 

 
लाेकतन्त्रले के दियाे ? भनेर राजावादीहरुले चलाएका हल्लाले पनि समस्या भएको छ भन्दै त्यस्लाई चिर्नुपर्ने उनको भनाइ थियाे ।  

 

लाेकतन्त्र जनताकाे शासन हाे भन्ने स्थापित गर्ने एमाले सबैभन्दा अग्रपङ्तिमा रहेकाे उनको भनाइ थियाे ।

 

राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा बढी खटिरहेकाे र सबैभन्दा  बलियाे शक्ति पनि एमाले नै भएका कारण अहिले सबै भन्दा बढी प्रहार एमालेमाथि भ्रमपूर्ण र नियाेजित ढङ्गले भैरहेकाे उनले दाबी गरे ।

 

उनल एमालेकाे उज्यालो भविष्यमाथि भैरहेकाे प्रहारलाई सामना गर्नुपर्नेमा पनि जाेड दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖