प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

पथरी । पथरीमा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको मंगलबार  भएको खेलमा  पथरीशनिश्चरे क्रिकेट क्लब र दमक क्रिकेट क्लब  विजयी भएका छन्।  

पथरी-शनिश्चरेले पञ्चध्वज क्रिकेट क्लब मोरङलाई मंगलबार ४ विकेटले पराजित गरेको हो। जिरिखिम्ती मैदानमा भएको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पञ्चध्वज क्रिकेट क्लबले २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको थियो।

पन्चध्वजका भूपेन राईले सर्वाधिक ३७ रन बनाउँदा राकेश राई र राजकुमार मगरले समान १० रनको योगदान दिए।

पथरी-शनिश्चरेका तर्फबाट नेल्सन दंगाल, अभिषेक विक र रोहन गहतराजले समान २-२ विकेट लिए भने दिपेश भण्डारीले १ विकेट हात पारे।

पथरी-शनिश्चरेले १७ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। समित राईले आक्रामक पारी खेल्दै ७२ रन बनाए भने सोलोमन राईले १९ र योगेश श्रेष्ठले १३ रन जोडे।पञ्चध्वजका सन्जय मुर्मु, भूपेन राई र पवन जैशवालले समान १-१ विकेट लिए।

मंगलबार नै भएको दोस्रो खेलमा दमक क्रिकेट क्लबले केराबारी क्रिकेट क्लबलाई १७१ रनको फराकिलो रनले पराजित गर्‍यो।

टस हारेर पहिला ब्याटिङ गरेको दमक क्रिकेट क्लबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २४१ रन को विशाल योगफल तयार गर्‍यो। दमकका लागि  विजय तामाङले उत्कृष्ट प्रदर्शन गर्दै शतक प्रहार प्रहार गरे। उनले १०६ रन बनाउदा  वोधराज आचार्यले ४६ र प्रदीप परियारले ३९ रनको योगदान दिए।

केराबारी क्रिकेट क्लबका अभिषेक थापाले ३ विकेट लिए भने शशी मण्डल र सनम सुवेदीले १-१ विकेट लिए। जवाफमा मैदान उत्रिएको केराबारी क्लब  ७० रनमै समेटियो।

दमकका बलरसामू निरीह बनेका केराबारीका सन्जय राईले १४ र सनम सुवेदीले १६ रन बनाउनुबाहेक अन्य ब्याष्टमेनले दोहोरो अंकको रन बनाउन सकेन्न। केराबारीलाई सस्तैमा समेटन दमकका बलर अनिश खड्काले ४ विकेट लिए भने चन्दन शर्मा र सन्तोष सिंहले समान २-२ विकेट लिदा किरण गौतमको नाममा  १ विकेटको योगदान रह्यो।

खेलको म्यान अफ दी म्याच दमकका बिजय तामाङ घोषित भए। बुधबारबाट दोस्रो चरणका खेल सुरू हुनेछ्न्। पहिलो खेल काकडभिटा झापा र मोरङको डाँस मोरङीबीच हुने छ भने दोस्रो खेल हसहन्द क्रिकेट क्लब र ब्रर्दर्स ११ झापाबीच हुने छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖