मोरङको सुनवर्षी बक्राहा खोला किनारमा बेवारीसे अवस्थामा रहेको २ सय ३० किलोग्राम लागूऔषध गाँजा बरामद
मोरङ, जेठ १४ गते । मोरङको सुनवर्षी नगरपालिका-७ बक्राहा खोला किनारमा प्रहरीले वेवारीसे अवस्थामा रहेको २ सय ३० किलोग्राम लागूऔषध गाँजा बरामद छ ।
जेठ १४ गते बिहान सवा ३ बजे गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी, बरडंगा र झपडतलबाट खटिएको प्रहरी टोलीले खोला किनारबाट ७ वटा प्लास्टिकको बोरामा वेवारीसे अवस्थामा रहेको २ सय ३० किलोग्राम गाँजा बरामद गरेको हो ।
बरामद गाँजा भए संगै ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजतलास तथा थप अनुसन्धान भईरहेको छ ।


