झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर, जेठ १५ गते । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ १४ गते दिउँसो झापाको मेचिनगर-११ स्थितमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-१२ का २५ बर्षीय अजय मेचेलाई १ ग्राम ७८ मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागुऔषध Tramadol, Antikof र Spaspain गरि जम्मा ४६ ट्याबलेट फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले बिराटनगर-१५ बाट ४ ग्राम ब्राउन सुगर सहित बेलबारी-४ का ३२ बर्षीय हिमाल रिजाललाई पक्राउ गरेको हो ।

त्यस्तै सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-४ का २१ बर्षीय आशिष चौधरीलाई ट्रामाडोल र स्पास्मो गरी जम्मा ६ हजार ६९० क्याप्सुल र नाईट्राजाम १६० चक्की सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी भरोलले भोजपुर हतुवागढीका हेमराज सुवेदी र बराहक्षेत्र नगरपालिका-२ का २० बर्षीय अनुज बस्नेतलाई ट्रामाडोल १७५ क्यापसुल र एन्टी-कफ १६५ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖