धनकुटामा सहकर्मीहरुसँग एक कप चिया कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटामा सहकर्मीहरुसँग एक कप चिया कार्यक्रम समपन्न भएको छ ।
तालुक कार्यालयबाट जारी भएको सहकर्मीसँग एक कप चिया Tea with Team (TWT) सम्बन्धी अवधारणा पत्र, २०८१ अनुसार आज जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको उपस्थितिमा विविध विषयमा छलफल गर्नुका साथै कार्यालय प्रमुख लगायत उपस्थित प्रहरी कर्मचारीहरुसँग Tea With Team कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठ, प्रहरी निरीक्षक बिष्णु बहादुर खड्का, जुनियर प्रहरी अधिकृतहरु, प्रहरी वरिष्ठ हवल्दार/प्रहरी हवल्दार/प्रहरी सहायक हवल्दार/प्रहरी जवान समेतको उपस्थित रहेको थियो ।


