उदयपुरबाट लागूऔषध गाँजा सहित ओसार पसारमा संलग्न दुई जना महिला पक्राउ

उदयपुर, जेठ १६ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका-२ स्थितबाट प्रहरीले लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न २ जना महिलालाई पक्राउ गरेको छ ।

जेठ १५ गते विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी-१ की रत्न माया श्रेष्ठको घर कोठा खानतलासी गर्दा सोही स्थानकी ४२ बर्षीया कमला श्रेष्ठले ३५ वटा प्लास्टिकको वोरामा लुकाई छिपाई राखेको १ हजार १ सय ४३ किलो २७५ ग्राम गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भए संगै संलग्न दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा वेवारिसे अवस्थामा ट्युवमा बग्दै आईरहेको ८ वटा प्लास्टिकको बोरामा रहेको २ सय किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।