सुनसरीको इनरुवामा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु
सुनसरी, जेठ १६ गते । सुनसरीको इनरुवा नगरपालिका-७ स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन ।
जेठ १५ गते प्रदेश १-०२-००१ ख ८०५४ नम्वरको सेफ्टी ट्याङ्की सफा गर्ने ट्याङ्करले विपरित दिशाबाट आउदै को. ३२ प १३९२ नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल पछाडि सवार दुहवी नगरपालिका-११ का ४८ बर्षीय देव नारायण उरावलाई उपचारको लागी इनरुवा अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको थियो भने मोटरसाईकल चालक सोही स्थानका २३ बर्षीय मनिरत्न चौधरीको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।
दुर्घटनामा सम्लग्न ट्याङ्कर र चालक इनरुवा-२ का लस्कर अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ ।


