मोरङ, झापा र उदयपुरबाट लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित १० जना पक्राउ

विराटनगर, जेठ १६ गते । मोरङ, झापा र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट जेठ १५ गते लागू औषध ब्राउन सुगर र प्रतिबन्धीत औषधी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ र १६ स्थितबाट उर्लावारी नगरपालिका-४ का २४ बर्षीय प्रसान भण्डारीलाई ब्राउन सुगर ३ ग्राम ३६ मिलिग्राम र NITRAZEPAM ३५ चक्की सहित, इटहरी उप-महानगरपालिका-२० का ३२ बर्षीय सुबास गुरुङ र २८ बर्षीय भिसन गुरुङलाई ब्राउन सुगर २ ग्राम १६ मिलिग्राम सहित, मोरङको केरावारी गाउँपालिका-८ का २३ बर्षीय राज कुमार भुजेल र १८ बर्षीय युगेश राईलाई ब्राउन सुगर १ ग्राम ९८ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-४ स्थितबाट ग ११ प ६०९५ नम्बरको मोटरसाईकल चालक बिर्तामोड नगरपालिका-४ का २४ बर्षीय एल्बिज बस्नेतलाई ब्राउन सुगर ३ ग्राम ४ सय ८० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी लालपत्ता उदयपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्रदेश १-०५-००१ ह ०३४१ नम्बरको अटो चालक उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्से का ४० बर्षीय पदम बहादुर परियार, अटोमा सवार ४६ बर्षीय कैलाश मग्राती, २६ बर्षीय मनोज मग्राती र २८ बर्षीया अरुना थापा मगरलाई प्रतिबन्धित औषधी स्पास्मो २ चक्की र गाँजा ५० ग्राम सहित नियन्त्रणमा लिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖