लेउती खोलाको बाढीले धरान-धनकुटा सडक अवरुद्द
धनकुटा,१७ जेठ । धनकुटामा लेउती खोलाको बाढीले सडक अवरुद्द भएको छ ।
आज बिहान करिब ५:३५ बजेदेखि अबिरल परेको बर्षाले जिल्लाको सांगुरीगढी गाउंपालिका ६ कोशी लोकमार्ग स्थित फेदीमा लेउती खोलामा आएको बाढीले करिब १०० मिटर सडक कटान गरेकोले दुबै तर्फको सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए ।
त्यसैगरि आज बिहान ०४:४५ बजेको समयमा सांगुरिगढी गापा ६ कोशि लोकमार्ग स्थित नमस्ते झरना छेउमा रुख लडि माथीबाट पहिरो झर्दा सडक अबरुद्द भएको छ ।
खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रनानि रमेश प्रधानको कमान्डमा ५ जना र नेपाली सेनाको ५ जना गरि १० जनाको टोलि खटि गई उक्त अवरोध हटाउने कार्य भइरहेको प्रनि श्रेष्ठले बताए ।
त्यसै चौबिसे गापा ४ निर्माणधिन तमोर करिडोर सडक खन्ड अन्तर्गत अबिरल परेको बर्षाको कारण छरुवा खोलमा बाढी आई दुबै तर्फ सवारी साधन आबत-जाबत ठप्प भएको छ ।
सो स्थानमा अल्थायी प्रहरी पोष्ट फलामेटार प्रसनि श्याम परियारको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।









