झापाको कनकाईमाईमा आएको बाढीले डुबायो किसानको मकै बाली
झापा । झापाको झापा गाउँपालिका–२ स्थित कनकाईमाईमा आएको बाढीले किसानको मकै बाली डुबाएको छ।
क्वाडी र सुगाबथान क्षेत्रमा आएको बाढीका कारण सयौं बिघा खेतमा लगाइएको मकै डुबानमा परेको हो।
स्थानीय किसानका अनुसार मकै भाच्ने चरणमा पुगिसकेको बेला आएको बाढीले पूरै बाली नष्ट हुने अवस्था सिर्जना भएको छ। “छ महिनाको मेहनत पानीमा बग्यो,” एक स्थानीय किसानले दुखेसो गरे।


