धनकुटामा यातायात बन्दको प्रभाव, बसपार्क सुनसान
धनकुटा,१९ जेठ । यातायात व्यवसायीले आज देखि देशभर गरेको अनिश्चितकालीन यातायात बन्दको प्रभाव धनकुटामा समेत परेको छ ।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा गरिएको बन्दको प्रभाव धनकुटामा समेत परको हो । सडकमा सार्वजनिक यातायतका साधन नचले पछि धनकुटा बसपार्क सुनसान भएको छ ।
यातायात नचल्दा सर्वसाधारण सहित विभिन्न परीक्षामा भाग लिने विद्यार्थीहरु मारमा परेका छन् । यातायात व्यावसायीहरुले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै देशभर व्यावसायीले यातायत ठप्प पारेका हुन् ।


