धनकुटामा चार जना सहित झापा, मोरङबाट प्रतिबन्धित लागूऔषध बोक्ने ८ जना पक्राउ

विराटनगर, जेठ २० गते । झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको अर्जुनधारा नगरपालिका-६ कप्तानबारी स्थित सुकुम्बासी बस्ति का ३५ बर्षीय राम बहादुर दनुवारलाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले ३ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित र कारोबारमा संलग्न मेचीनगर नगरपालिका-३ का ३२ बर्षीय अनिल दनुवार समेतलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारीबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-१ का ३१ बर्षीय सनम माझीलाई घरमा लुकाई छिपाई राखेको अवस्थामा १०० चक्की Vomine-25, Antikof -७ सय चक्की र Tramadol ७ सय क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।

यसका साथै बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटाको चौबिसे गाउँपालिका-६ का २२ बर्षीय पुजन लिम्बु र कारोबारमा संलग्न २२ बर्षीय पुजन लिम्बु, २२ बर्षीय सेसेहाङ चेम्जुङ, २२ बर्षीय जेम्सन लिम्बु र ३७ बर्षीय दिनेश लिम्बुलाई लागूऔषध ब्राउनसुगर ३ ग्राम ९ सय मिलिग्राम र नगद ४१ हजार ५ सय रुपैया सहित नियन्त्रणमा लिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।