साँगुरीगढीमा सडक निर्माण तीव्र

हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ र ९ को सीमानामा संघीय सरकारको ५ करोड रुपैयाँको लगानीमा भइरहेको सडक निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ। यस सडक निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई गाउँपालिका पुग्न धरानको बाटो प्रयोग गर्नु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ।

सडक निर्माण अन्तर्गत कुल ४ किलोमिटर कटिङको योजना रहेकोमा हालसम्म करिब १.५ किलोमिटर कटिङ कार्य सम्पन्न भइसकेको छ। साथै, ३,५०० घन मिटर जाली राख्ने योजना रहेकोमा १,८०० घन मिटर जालीको काम पूरा भइसकेको छ। मेसिनरी कार्यमा पनि उल्लेख्य प्रगति देखिएको छ – ८०० घन मिटरको लक्ष्यमध्ये करिब ३५० घन मिटर काम सम्पन्न भइसकेको छ। यद्यपि, ३०० मिटर प्लमको काम भने अझै सुरु हुन बाँकी रहेको ९ नम्बर वडा अध्यक्ष जीत बहादुर राईले बताउनु भएको छ।

काममा तीव्रता ल्याउन हाल ३ वटा स्काभेटर र १ वटा JCB प्रयोग गरिएको छ, जसले गर्दा निर्माण कार्य चाँडो सम्पन्न हुने अपेक्षा गरिएको छ।

यस महत्वाकांक्षी परियोजनाको बजेट व्यवस्थापनका लागि पहल गर्नुभएका संघीय सांसद तथा पूर्वमन्त्री माननीय राजेन्द्र कुमार राईको सक्रियतामा यो आयोजना अघि बढाइएको हो। स्थानीयवासीले उहाँको प्रयासप्रति आभार प्रकट गर्दै सडक निर्माण सम्पन्न भएपछि गाउँपालिकाको आवागमन अझ सहज र सुलभ हुने विश्वास व्यक्त गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖