विराटनगरको सिटी रिक्सा चार्जिङ सेन्टरमा करेन्ट लागेर एक जनाको मृत्यु
मोरङ,जेठ २३ गते । मोरङको विराटनगर महानगरपालिका-८ स्थित कमलदेव यादबले संचालन गरेको सिटी रिक्सा चार्जिङ सेन्टरमा करेन्ट लागेर रंगेली नगरपालिका-६ का ३५ बर्षीय मनोज यादबको मृत्यु भएको छ ।
जेठ २२ गते दिउँसो सँवा ३ बजे सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमानै मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।


