झापाको बिर्तामोडमा एक पुरुषको शव फेला
झापा । झापाको बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई फ्याक्ट्री नजिकै एक पुरुषको शव फेला परेको छ।
शनिबार साँझ करिब ६:३० बजेको समयमा कच्ची सडकको छेउमा अन्दाजी ३५ देखि ४० वर्ष उमेरको तराईवासी मुलका जस्तो देखिने पुरुष मृत अवस्थामा भेटिएका हुन्।


