सहिदभूमिमा दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले आरण सेट तथा हाते ग्यालेन्डर वितरण

धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटाले दलित समुदायको जिविकाे पार्जनमा सुधार ल्याउने उद्देश्यले आरण सेट तथा हाते ग्यालेन्डर वितरण गरेको छ ।

दलित एकता समाजले एक कार्यक्रमकाे आयोजना गरि पालिकाकाे सहयोगमा २०-२० थान आरण र हाते ग्यालेन्डर २ लाख बराबरको खरिद गरि वितरण गरिएको हाे । साे आरण वितरण कार्यक्रम सहिभूमि गाउँपालिका अध्यक्ष मनाेज राईको अध्यक्षतामा सम्पन्न भएको थियोे भने कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ र विशेष अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा रहनु भएको थियोे ।

यस्तै सहिदभूमि गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर भण्डारी , याेजना शाखा प्रमुख भुपाल थापा लगायत जनप्रतिनिधिकाे उपस्थिति थियोे । उत्त समान पालिका अध्यक्ष ,प्रमुख अतिथि विशेष अतिथि अतिथिहरुले वितरण गर्नु भएको थियोे । गाउँ पालिकाले पालिका भित्रका दलित समुदायलाई आर्थिक रुपमा समृद्ध बनाउने उद्देश्यले स्रोत साधनकाे व्यवस्थापन गर्दै आइरहेको जानकारी दिनुभयो ।

दलित एकता समाजका अध्यक्ष सुर्य प्रकाश विश्वकर्माले पालिका संग समन्वय गरि दलित समुदायको उत्थानका लागि शैक्षिक रुपमा विकास गर्न छात्रवृत्ति ,जिविकाेपर्जन संग प्रत्येक्ष लाभ पुग्ने हिसाबले पञ्चेबाजा वितरण र आरण वितरण लगायत विभिन्न सचेतना मुलक गतिविधि सञ्चालन गरिरहेकाे जानकारी दिनु भयो ।

वडा नं २ का कृष्ण बहादुर विश्वकर्माले आफुहरुकाे सिपलाई सदुपयोग गर्न पालिकाले स्राेत साधनकाे व्यवस्था गरिदिएकोमा धन्यवाद दिनु भयो साथै उनले पैसाको अभाव हुदा आवाश्यक सामाग्री खरिद गर्न नसक्दा आरण चलाउन नसकिरहेकोहरुलाई थप सहयोग पुगेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।