धनकुटाको भेडेटारबाट १० किलो गांजा सहित गाडी र चालक पक्राउ
धनकुटा । धनकुटाबाट लागुऔषध गांजा बोकेको गाडी सहित चालक पक्राउ परेका छन् ।
आज साँगुरीगढी गाउंपालिका ६ भेडेटार चोकमा चेकिङ्ग गर्ने क्रममा धनकुटाबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र१-०२-००१ज ४५२७ नम्बरको EV गाडीलाई रोकी जाँच गर्दा उक्त गाडीको बीचको सिटमा जेब्रा झोलाभित्र लागुऔषध गाँजा १० के.जी.फेला परेको हुँदा उक्त गाँजा बरामद गरिएको छ ।
गाँजा के कुन व्यक्तिको हो भन्ने हालसम्म नखुलेको हुँदा उक्त गाडी र गाडीचालक धनकुटा न.पा.९ बेलहारा बस्ने वर्ष २० को वालकृष्ण मगरलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


