धनकुटा बहुमुखी क्याम्पसका छात्राहरुबाट सांगुरीगढीमा स्थित श्री लक्ष्मी माबि खुँडीमा अतिरिक्त क्रियाकलाप सम्पन्न
हिराराज राई,धनकुटा । त्रिभुवन विश्वविद्यालय अन्तर्गत धनकुटा बहुमुखी क्याम्पस, धनकुटामा अध्ययनरत विएड चौँथो वर्षका छात्राहरु बाट अभ्यास शिक्षण कार्यक्रम अन्तर्गत शुक्रवार साँगुरीगढी गाउँपालिका–८ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय, खुँडीमा विविध अतिरिक्त क्रियाकलापहरु सम्पन्न भएका छन्।
कार्यक्रम अन्तर्गत कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुलाई लक्षित गर्दै विभिन्न रोचक तथा शैक्षिक गतिविधिहरु सञ्चालन गरिएको थियो। कक्षा १ देखि ३ का लागि “मिठाई डौड”, कक्षा ४ र ५ का लागि “हिसाब डौड” तथा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुबीच अन्तर सदनात्मक “हाजिरीजवाफ प्रतियोगिता” आयोजना गरिएको थियो।
छात्राहरुको सक्रिय पहलमा सञ्चालन भएका यी कार्यक्रमले विद्यार्थीहरुको बौद्धिक विकाससँगै आत्मविश्वास अभिवृद्धि गर्न मद्दत पुर्याएको छ। कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिक्षण अभ्यासको हिस्सास्वरूप गरिएको यस प्रकारको अतिरिक्त गतिविधिले शिक्षार्थी शिक्षकहरुलाई व्यवहारिक अनुभव प्रदान गर्नुका साथै स्थानीय विद्यालयमा विद्यार्थीहरुलाई उत्साहवर्धन गर्ने उद्देश्य राखिएको थियो।




