तराईमा अत्यधिक गर्मी बढेपछि भेडेटारमा पर्यटकहरूको घुइँचो, होटल र होमस्टे भरिभराउ

हिराराज राई,धनकुटा । पछिल्ला केही दिनदेखि तराई मधेसमा तापक्रम अत्यधिक बढेपछि पूर्वी पहाडी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा पर्यटकहरूको आगमन बढेको छ। शीतल मौसम र रमणीय प्राकृतिक दृश्यका कारण भेडेटार अहिले आन्तरिक पर्यटकहरूको पहिलो रोजाइ बनेको देखिन्छ।

साँगुरीगढी गाउँपालिका–६ मा अवस्थित भेडेटारमा रहेका प्रमुख पर्यटकीय स्थलहरू स्काइवाक, पाथिभरा मन्दिर, नमस्ते झरना, ऐतिहासिक साँगुरीगढी किल्ला लगायतका स्थानहरू अहिले पर्यटकले खचाखच भरिएका छन्।

स्थानीय होटल व्यवसायी लिलाराज लावटीका अनुसार अहिले होटल, रिसोर्ट र होमस्टेहरू सबैजसो भरिभराउ छन्। “गर्मीबाट राहत लिन भेडेटार आउनेको संख्या हरेक दिन बढ्दै गएको छ,” होटल लावटी कर्नरका सञ्चालक लावटीले जानकारी दिनुभयो, “भेडेटारको मौसम शीतल छ, यहाँको दृश्यावलोकन गर्ने स्काइवाक र साँगुरीगढीको ऐतिहासिक महत्वले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ।”

पर्यटन प्रवर्द्धनका लागि स्थानीय तह तथा व्यवसायीहरूको संयुक्त पहलपछि भेडेटार क्षेत्रमा पूर्वाधारको विकास हुँदै आएको छ। यसले यहाँको पर्यटन अझ फस्टाउने विश्वास गरिएको छ।

भेडेटार पुग्न धरानबाट छोटो यात्रामै सजिलै पुग्न सकिने भएकाले पनि यो गन्तव्य अझ लोकप्रिय बन्दै गएको हो। गर्मीका कारण तराईवासीहरूको उपत्यका र पहाडी क्षेत्रतर्फको आकर्षण बढिरहेको यस परिवेशमा भेडेटार एक प्रमुख वैकल्पिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीयवासीहरू बताउँछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।