बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइए पछि प्रहरीमा उजुरी

काठमाडौं, ५ असार । विश्व सम्पदा सूचिकृत क्षेत्रमा पटक–पटक विवाद र राजनीतिकरणले गाँजिएको छ ।

 

 

बौद्ध स्तूप परिसरमा रहेका दुइ ठूला संस्था बौद्ध तथा मेलम्ची घ्याङ गुठी र बौद्ध क्षेत्र विकास समितिवीच समय समयमा कार्यगत असहमति हुँदै आएको छ । छुट्टै छुट्टै कार्य विधि सहित जिम्मेवारी प्राप्त दुइ संस्थाविच एकअर्कामा क्षेत्राधिकार मिचिएर काम गरेको आरोप प्रत्यारोप हुँदै आइरहेको छ ।

 

यसैबीच गत असार ३० गते बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको निर्देशनमा कुमार तामाङले घ्याङ गुठीको अधिनमा रहेको शौचालय भत्काइ दिएका छन् । गुठी पदाधिकारी तथा कर्मचारीलाई समेत जानकारी नदिई शौचायलय भत्काएपछि गुठीले बौद्ध महानगरीय प्रहरी वृत्तमा उजुरी दिएको छ । उजुरीमा गुरू ल्हाखाङ गुम्बाको जगलाई समेत असर पु¥याउने गरी क्षेत्र विकासको तर्फबाट अध्यक्ष राजकुमार लामाको एकल निर्देशनमा कुमार तामाङको टोलिले घ्याङ गुठी अन्तरगत रहेको शौचालय भत्काइएको र उनी विरूद्ध पक्राउ गरी आवश्यक छानविन तथा कारवाहीको माग राख्दै गत असार १ गते श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले उजुरी दर्ता गरेको हो । उक्त उजुरी उपर कारवाही प्रक्रियालाई अगाडी बढाउन प्रहरी निरिक्षक सुजनलाई खटाइएको छ ।

 

विश्व सम्प्दा सूचिकृत महा चैत्य तथा ल्हाखाङ गुम्बाको व्यवस्थापन, संरक्षण तथा क्षेत्राधिकर प्राप्त दुई संस्था श्री बौद्धनाथ क्षेत्र विकास समिति र श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी नेपाल सरकार अन्तरगत सञ्चालित हुन् । यी दुइ संस्थाहरूको काम कारवाहीको लागि अधिकार, कर्तव्य र क्षेत्राधिकार कार्यविधिमै स्पष्ट छन् तर पटक–पटक विवाद उत्पन्न हुने कार्य भइरहेकोले त्यस क्षेत्रको हितको लागि सिंगो बौद्धमार्गीहरू चिन्त व्यक्त गर्दै आइरहेका छन् ।

 

विशुद्ध धार्मिक स्थलभित्र व्यक्तिवादी सोच, चिन्तन र हस्तक्षेपकारी भूमिका खेल्दै नकारात्मक सन्देश दिन खोजिएको आरोप लाग्दै आए पनि श्री बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले गठीको कामकारवाहीलाई असहज बनाउन लागेको गम्भीर आरोप लागेको छ ।

 

क्षेत्रविकास समितिले संरचना निर्माण तथा मर्मत सम्भार गर्दै बौद्ध स्तूप परिसरलाई शान्ति सुव्यवस्था मिलाउनुको सट्टा परापूर्वकालदेखि गुठीले गर्दै आएको पूजापाठ तथा धार्मिक कार्यलाई समेत असर पु¥याउँदै आएको बौद्ध तथा मेलम्ची घ्याङ गुठीको आरोप छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖