मोरङको लेटाङमा चट्याङ लागेर हल गोरुको मृत्यु
मोरङ । मोरङको लेटाङ नगरपालिका-७ कुम्लेटारमा चट्याङ लागेर एक हल गोरुको मृत्यु भएको छ।
असार ८ गते राति परेको वर्षासहितको चट्याङले दल बहादुर लिम्बुको गोठमा बाँधिएको गोरुलाई लाग्दा घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय इन्द्र लिम्बूका अनुसार चट्याङ गोठको छेउमा बाधिएको गोरुलाई लागेको थियो। सो घटनाबाट करिब ८५ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।


