धनकुटाको छथर जोरपाटी सहितका परीक्षा केन्द्रमा लिम्बु भाषा साहित्य विषय कक्षा ११ र १२ को परीक्षा सम्पन्न

धनकुटा । लिम्बु भाषा तथा साहित्य विषयको कक्षा ११ र १२ को परीक्षा सम्पन्न भएको छ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डले सञ्चालन गरेको शैक्षिक शत्र २०८१ को कक्षा ११ र १२ को परीक्षा शनिबार सम्पन्न भएको हो ।

लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डका परीक्षा नियन्त्रक एवम् सत्यहाङमा मावि इम्बुङ पान्थरका प्रधानाध्यापक अमिता सुब्बाका अनुसार शुक्रबार कक्षा १२ र शनिबार कक्षा ११ को परीक्षा सम्पन्न भएको हो । कक्षा–१२ मा १०० जना र कक्षा–११ मा १०६ जना गरी २०६ परीक्षार्थीले परीक्षा लेखेका परीक्षा नियन्त्रक सुब्बाले बताए ।

बोर्ड अन्तर्गतका पान्थर, इलाम, मोरङ, तेह्रथुम, ताप्लेजुङ र धनकुटा जिल्लाका आठ केन्द्रमा शुक्रबार र शनिबार परीक्षा सम्पन्न भएको हो ।

 

लिम्बु भाषा उच्च माध्यमिक शिक्षा बोर्ड अन्तर्गत पान्थरको फाल्गुनन्द गापा–२ इम्बुङस्थित सत्यहाङमा मावि, कुम्मायक गापा–१ यासोकस्थित पृथ्वी मावि, फिदिम नपा–१० याङनामस्थित खलङगाटार मावि, इलामको माङसेबुङ गापा–५ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको हो ।

त्यस्तै फक्ताङलुङ गापा–३ ताप्लेजुङको सिंवा मावि, ताप्लेजुङकै मेरिङदेन गापा–५ थुकीमास्थित त्रिभुवन मावि, मोरङको केराबारी गापा–१ पाटीगाउँस्थित सरस्वती मावि, तेह्रथुमको मेन्छ्यायेम गापा–४ स्थित श्रीजुङ मावि र धनकुटाको छथरजोरपाटी गापा–३ ताङखुवास्थित सरस्वती मावि परीक्षा केन्द्रमा पनि परीक्षा सम्पन्न भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।