सहिदभूमि गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक

धनकुटा ।धनकुटाको सहिदभूमि गाउँपालिकाले दोस्रो गाउँ सभाको सातौं अधिवेशन मार्फत आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँपालिका अध्यक्ष मनोज राईले अधिवेशनमा आर्थिक वर्ष २०८१/०८२ मा अघि सारेका योजनाहरूको प्रगति विवरण प्रस्तुत गर्दै अधिकांश योजनाहरू असार मसान्तसम्म सम्पन्न हुने जानकारी दिनुभयो।

नयाँ नीतिमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सडक पूर्वाधार, स्वरोजगार र गरिबी निवारणलाई प्राथमिकतामा राखिएको छ। कृषि तथा पशुपन्छी क्षेत्रको प्रवर्द्धनका लागि ‘हेल्लो कृषक’ कार्यक्रम अगाडि सारिएको छ भने, स्थानीय राई समुदायको मौलिक कुलपूजा घरको संरक्षण गर्ने नीति पनि समावेश गरिएको छ।

पर्यटन क्षेत्रतर्फ खुवालुङ लगायत सम्भावनायुक्त गन्तव्यहरूको विकास गर्दै लैजाने योजना पालिकाले लिएको छ। खानेपानी, सिचाइ र सडक पूर्वाधारको निर्माण तथा स्तरवृद्धिका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच साझेदारीमा ढलाइ, ग्राभेल, सोलिङ र कालोपत्रे कार्य क्रमशः अघि बढाइने जनाइएको छ।

पालिकाको उपाध्यक्ष रत्नश्वरी राईको संयोजकत्वमा सञ्चालन हुने सुत्केरी पोषण कार्यक्रम निरन्तरता पाउनेछ। साथै, जेष्ठ नागरिक, दलित, लक्षित वर्ग, विपन्न नागरिकका लागि स्वास्थ्य कार्यक्रम, एम्बुलेन्स सेवा तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा चलिरहेका अन्य कार्यक्रमहरूलाई पनि निरन्तरता दिइनेछ।

सभामा पालिका उपाध्यक्ष रत्नश्वरी राई , प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,गाउँ सभासदस्य , विभिन्न विषयगत शाखा प्रखुम , कर्मचारी ,सञ्चारकर्मी को उपस्थिति रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।