साँगुरीगढीमा ‘रैथाने बाली परिकार विविधिकरण तालिम तथा प्रदर्शनी’ सम्पन्न

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, धारापानीमा धारापानी रैथाने बाली कृषक उपभोक्ता समितिको आयोजनामा दुईदिने ‘रैथाने बाली परिकार विविधिकरण तालिम तथा प्रदर्शनी’ कार्यक्रम सम्पन्न भएको छ।

असार १२ र १३ गते सम्पन्न उक्त कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई, योजना प्रमुख दोर्ना राई, र इन्जिनियर दिपक राई द्वारा संयुक्त रूपमा गरिएको थियो।

कार्यक्रमको अवसरमा गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न नयाँ मिल हस्तान्तरण गर्नुका साथै सिक्किमे बोडीको विउ समेत वितरण गर्नु भएको छ।

तालिम तथा प्रदर्शनीमा स्थानीय कृषक, उपभोक्ता, सामुदायिक अगुवा र कृषि सम्बन्धी सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा रैथाने बालीहरूको संरक्षण, प्रवर्द्धन र परिकारमा विविधता ल्याउने विषयमा व्यापक छलफल, अभ्यास र प्रदर्शनी गरिएको थियो।

तालिममा सहभागीहरूले प्रशिक्षक द्वारा कोदो, फापर आदि लगायतका स्थानीय बालीबाट बिस्कुट, डोनट साथै विभिन्न परिकार बनाउने तरिका सिकेका थिए। साथै, ती परिकारहरूमा पोषणीयता, स्वाद तथा बजारिकरणको सम्भाव्यता सम्बन्धमा समेत जानकारी दिइएको थियो।

कार्यक्रमले स्थानीय रैथाने बालीको महत्त्व पुनः उजागर गर्दै तिनको प्रयोग र उपभोगमा समुदायलाई प्रेरित गरेको धारापानी रैथाने बाली कृषक उपभोक्ता समितिका अध्यक्षले बताए। साथै, यस्ता कार्यक्रमले कृषकहरूलाई आत्मनिर्भर र सीप सम्पन्न बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

अन्त्यमा, कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति आयोजक समितिले हार्दिक आभार प्रकट गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖