पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन
काठमाडौ । पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण शनिबार नर्भिक अस्पतालमा निधन भएको छ।
उनले २०६९ देखि २०७५ सम्म निर्वाचन आयोगमा आयुक्तको जिम्मेवारी सम्हालेकी थिइन्। शर्मा निर्वाचन कानुनको मस्यौदा तयार गर्ने समितिको नेतृत्वमा थिइन्।
पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन्। पूर्वपत्रकार समेत रहेकी शर्माको आज दाहसंस्कार गरिने छ।


