आदिकविको जन्मजयन्तीमा बहुभाषिक कविगोष्ठी र सम्मान

विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित भानुकला केन्द्रले रथयात्रासहित बहुभाषिक कविगोष्ठी र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार बिहान सन्सारीमाईस्थानबाट भानुभक्त आचार्यको तस्बिरसहित रथयात्रा निकालिएको थियो । रथयात्राले विराटनगरका विभिन्न स्थानको परिक्रमापश्चात सोही स्थानमा पुगेर समापन भएको थियो । रथयात्रापछि आयोजित बहुभाषिक कविगोष्ठीमा कवि मधु पोखरेल, शिवनारायण सिंगल, मीनकुमार नवोदित, सरिता तुलाधर, भवानीप्रसाद पोखरेल, सरला चापागाईंलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरे । सोही अवसरमा कवि सीमा आभास र कलाकार सञ्जय मण्डललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, आयोजक संस्थाकी अध्यक्ष माया पौडेल, सचिव प्रचण्ड पौडेल, अग्रज साहित्यकार खेम नेपाली, डा. देवी पन्थी, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, भारतबाट आएका साहित्यकार पीएस यादव अजनवी, विराटनगर प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभागका प्रमुख शिवनारायण पण्डित सिंगललगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।