नेपाली श्रमिकलाई न्युनत्तम १ हजार दिराम दिने युएईको प्रतिबद्दता

काठमाडौ, ३० असार । संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली कामदारका लागि न्यूनतम १ हजार दिराम तलब अनिवार्य रूपमा लागू गर्ने विषयमा गम्भीर छलफल भएको छ।

 

सोमवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि युएईका राजदूत अब्दुल्ला सईद मुबारक जरवान अलशाम्सीबीच भएको भेटमा उक्त विषयमा विशेष कुराकानी भएको हो।

 

मन्त्री भण्डारीले विगत लामो समयदेखि नेपाली श्रमिकहरू अत्यन्तै न्यून तलबमा काम गर्न बाध्य भएको स्मरण गराउँदै अब न्यूनतम १ हजार दिराम नगद तलब र थप ४ सय दिराम बराबरको आवास तथा खानाको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए।

 

उनले नेपाली श्रमिकका लागि जम्मा १,४०० दिराम बराबरको सेवा–सुविधा सुनिश्चित गर्न युएई सरकारलाई आग्रह गरे।

राजदूत अलशाम्सीले नेपाल सरकारद्वारा तय गरिएको न्यूनतम तलबको व्यवस्थालाई युएई सरकारले सकारात्मक रूपमा लिएको बताउँदै सो निर्णय कार्यान्वयनमा पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “नेपाल सरकारद्वारा तय गरिएको नीति युएईले पूर्ण रूपमा कार्यान्वयन गर्न तयार छ।”

 

 

भेटका क्रममा राजदूत अलशाम्सीले महिला घरेलु कामदारका लागि नेपाल सरकारले अघि सारेको पाइलट परियोजनाबारे चासो व्यक्त गरे। उनले सो परियोजना कुन चरणमा रहेको भन्ने जिज्ञासा राखे।

 

जवाफमा मन्त्री भण्डारीले पाइलट परियोजनाको लागि सबै आन्तरिक तयारी सम्पन्न भइसकेको जानकारी दिँदै, अब उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्णयको पर्खाइमा रहेको बताए। उनले समितिबाट आवश्यक निर्णय भएपछि घरेलु कामदार पठाउने प्रक्रिया सुरु हुने विश्वास व्यक्त गरे।

 

 

त्यसैगरी, मन्त्री भण्डारीले नेपाल सरकारले श्रमसम्बन्धी सम्पूर्ण सेवा–सुविधालाई डिजिटलाइजेसनतर्फ अगाडि बढाइरहेको जानकारी गराउँदै त्यसमा युएई सरकारसँग सहकार्यको अपेक्षा रहेको बताए। जवाफमा राजदूतले सो पहलमा सहकार्य गर्न सकिने प्रतिबद्धता व्यक्त गरे।

 

अन्त्यमा मन्त्री भण्डारीले युएईलाई नेपाली श्रमिकहरूको लागि एक प्रमुख आकर्षक गन्तव्यको रूपमा चिनाउँदै, नेपाली कामदारलाई सहज र मर्यादित अवसर उपलब्ध गराइरहेकोमा युएई सरकारलाई धन्यवाद दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖