आयआर्जनका लागी विरुवा वितरण
धनकुटा, ३१ असार । भू– तथा जलाधार व्यावस्थापन कार्यलय धनकुटाले कृषि सहकारी, समुह, किसान, लाई लाई भू–संरक्षण गर्न, वन व्यावस्थापन तथा आयआर्जन, हरियाली प्रबद्धनका लागी घाँस, फलफूल, रुखका विरुवा वितरण गरेको छ ।
“पहिरो,गल्छी र खोल्सामा रोपौँ डाले घाँस नेपियर, अम्लिसो र बाँस भूक्षय रोकिन्छ पहिरो थामिन्छ गाई वस्तु लाई हुन्छ घाँस” भन्ने नाराका साथ विरुवा उत्पादन गरि वितरण थालिएको कार्यलयले जनाइको छ ।
कार्यलयले खयर, उत्तिस,कफी, अनार, कोइरालो, नेपियर, मेन्दुला, कल्की लगायतका विभिन्न जातका करिब ६५ हजार विरुवा वितरण गरि सकिएको र अब करिब २० हजार विरुवा वितरण गर्ने तयारी रहेको कार्यलयका सुचना अधिकारी प्रकाश लिम्बुले जानकारी दिनु भयो ।


