धनकुटामा निर्माण व्यावसायी र कर्मचारी सम्मानित
धनकुटा,२ साउन । सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटाले गत आर्थिक वर्ष उत्कृष्ट काम गर्ने ७ जना निर्माण व्यवसायी र ६ जना कर्मचारीलाई सम्मान गरेको छ ।
कार्यलयले एक कार्यक्रमको आयोजना गरि भोजपुर संखुवासभा र तेह्रथुममा निर्माण कार्यमा योगदान पु¥याउने निर्माण व्यवसायी र कर्मचारीहरूलाई सम्मान गरेको हो । सम्मानित निर्माण व्यवसायीहरूमा अरुण बरुण निर्माण सेवा कम्पनीका मिगुर शेर्पा ,इष्ट विएन कन्ट्रक्सन कम्पनीका बल बहादुर राई, श्याम कन्ट्रक्सनका गणेश गुरुङ,अन्नपूर्ण अरुण कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अर्जुन थापा छन ।
त्यस्तै मारुती ए.ए.एन.यस जेभिका अभिनव अग्रवाल, स्वामीनारायण आर्शिवाद जेभीका सन्तोष बस्नेत र विरुवा सारासृष्टि निमार्ण सेवाका दिनेश राई रहेका छन । त्यस्तै कार्य सम्पादनको आधारमा उत्कृष्ठ कार्य गर्ने कम्प्यूटर अपरेटर दिवाकर देउजा, इन्जिनियर भक्तिनारायण चौधरी, इन्जिनियर विवेक देव, इन्जिनियर प्रमानन्द मेहता, सव ईन्जिनियर रविन श्रेष्ठ, सव इन्जिनियर जुनप्रसाद रोकाय रहेको कार्यालयका प्रमुख सुमन मिश्रले जानकारी दिए ।
सम्मानीत सबैलाई प्रतिनिधि सभाका सदस्य तथा पूर्व मन्त्री राजेन्द्र कुमार राई र कार्यालयका प्रमुख सुमन मिश्रले सम्मान पत्र र खदा लगाएर सम्मान गरेका थिए । सघन सहरी तथा भवन निर्माण आयोजनाले कार्यलय मार्फत ९९ वटा योजना कार्यन्वयन गरिएको प्रमुख मिश्रले जानकारी दिए ।
धनकुटा सहित भोजपुर, तेह्रथुम र संखुवासभा कार्यक्षेत्र रहेको कार्यलयको भौतिक प्रगति ९६ प्रतिशत र वित्तिय प्रगति ७८ प्रतिशत रहेको छ । कार्यलय मार्फत गत आर्थिक वर्षमा बिनियोजित एक अर्ब ७७ करोड ४० लाख मध्ये एक अर्ब ३९ करोड ७७ लाख ६३ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।



