मदन पुरस्कारका लागि ‘सर्ट लिस्ट’ मा परे ७ पुस्तक

काठमाडौं, ६ साउन । मदन पुरस्कार गुठीले ७ उत्कृष्ट पुरस्कारको सुची सार्बजनिक गरेको छ । 

 

नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मानिने  ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट गरी सार्बजनिक गरेको हो ।

 

मदन पुरस्कार गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २ सय ९९ पुस्तकहरूबाट उत्कृष्ट ७ को संक्षिप्त सूची सार्वजनिक गरेको हो। जुन पुस्तक मध्ये एकले मदन पुरस्कार प्राप्त गर्न सक्नेछ ।

गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार छनोटमा परेका कृतिहरूमा कथा, कविता, यात्रा संस्मरणदेखि गैरआख्यानसम्मका पुस्तकहरू समेटिएका छन्।

जसअनुसार पुरस्कार छनौटका लागि ‘सर्ट लिस्ट’ मा परेका पुस्तकहरूमा उरमाल – छुदेन काविमो, छालबाटोः कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल, दर्ज्यु संलाप – कुमारी लामा, पञ्चतत्त्वको पालाम – मनप्रसाद सुब्बा, बहुरुपी – श्रेयज सुवेदी, भिक्षु, व्यापार र विद्रोह – सुधीर शर्मा, हिउँको गीत – तीर्थ गुरुङ रहेका छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।