धनकुटाको सल्लेरीमा वृक्षारोपण
धनकुटा, ६ साउन । ४३ औं वी पी स्मृती दिवसको अवसरमा धनकुटा नगरपालिका ६ मा रहेको सल्लेरी वन वृक्षारोपण गरिएको छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघको आयोजनामा सल्लेरी वनमा रहको महेन्द्र पार्कमा सरसफाई तथा वृक्षारोपण नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष दिलकुमार राईले जानकारी दिनु भयो ।
वृक्षारोपण कार्यक्रमामा नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राइ, संविधान सभा सदस्य लिला सुब्बा लगायत नेपाली कांग्रेसका विभिन्न भातृ तथा शुभेक्षुक संगठकका प्रमुख तथा प्रतिनिधी पाटी कार्यकर्ता लगायतकाृ उपस्थिती रहेको थियो ।


