रूस र युक्रेन बिच टर्कीमा आज तेस्रो चरणको बार्ता हुदैँ

इस्तानाबुल, ७ साउन । रुस र युक्रेनबीच आज अर्थात जुलाई २३ मा नयाँ शान्ति वार्ता हुदैँछ ।
 
बुधवार हुन लागेको वार्ता यसअघिका दुई चरणको वार्ता पछि तेस्रो पटक हुन लागेको हो । जसमा उनीहरुको युद्ध अन्त्य गरी शान्ति सम्झौतामा पुग्ने बाटोमा निकै कम प्रगति भएको थियो । 
 
टर्की सरकारका प्रवक्ताले वार्ता इस्तानबुलमा हुने बताएका छन् । यो त्यही ठाउँ हो जहाँ यसअघि मे र जुनमा वार्ता भएको थियो तर दुई चरणको यो बार्ता पछि पनि कुनै सफलता हासिल हुन भने सकेको थिएन, सोही क्रममा आज तेस्रो चरणमा बार्ता हुन लागेको हो  ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई सम्झौतामा सहमत हुनु दबाब दिएका छन, उनको भाषामा ५० दिनको समय भित्र समाधान नखोजिएमा थप प्रतिबन्धको सामाना गर्नुपर्ने भन्दै दबाब बढाइरहेका छन ।
 
तर, रसियाले शान्ति सम्झौतामा सहमत हुने बारेमा धेरै कम आशा व्यक्त गरेको छ। रुसको यो प्रतिक्रियाको केही घण्टा पछि जेलेन्स्कीले तेस्रो चरणका वार्ता हुन लागेको गत सोमवार घोषणा गरेका थिए ।
 
वार्ताको नयाँ चरणको उनको घोषणा रूसले युक्रेनको राजधानी कीभमा नयाँ आक्रमणहरू सुरु गरे पछि आएको थियो, जसले धेरै आगो निम्त्यायो र भूमिगत हवाई आक्रमण आश्रयहरूलाई क्षति गरेको थियो, जहाँ नागरिकहरूले आश्रय लिइरहेका थिए ।

‘आज मैले युक्रेनी सुरक्षा परिषद्का प्रमुख रुस्तम उमरोभसँग टर्कीमा रुसी पक्षसँगको अर्को बैठकको आदानप्रदान र तयारीबारे छलफल गरेको छु,’ जेलेन्स्कीले सोमबार आफ्नो दैनिक सम्बोधनमा भनेका थिए । उमेरोभले बैठक बुधबार बस्ने बताएको पनि उनले जानकारी दिए । जेलेन्स्कीले गत साताको अन्त्यमा नयाँ वार्ताको प्रस्ताव राखेका थिए तर रुसले तुरुन्तै आफ्नो पक्षबाट नयाँ वार्ताको पुष्टि गरेको छैन । 

सन् २०२२ को फेब्रुअरीमा रुसको हमला पछि त्यहाँ युद्ध चलिरहेको छ। दुई प्रतिद्वन्द्वी राष्ट्रहरू शान्ति सम्झौताका लागि वार्ता गर्न १६ मे र २ जुनमा इस्तानबुलमा नै भेटेका थिए। यसअघि ट्रम्पले पनि सम्झौताका लागि दबाब बढाएका थिए तर कुनै सफलता हात लागिरहेको छैन ।
अहिलेसम्मको वार्तामा युक्रेन र रुसले कैदी आदानप्रदानमा मात्रै सहमति जनाएका छन् । त्यसयता रुसले युक्रेनमा हवाई आक्रमण तीव्र पारेको छ र थप सीमा क्षेत्र कब्जा गरेको छ। खासमा, रूसले युक्रेनलाई क्रिमियाको थप चार प्रमुख क्षेत्रहरू छोड्न माग गरेको छ, जसलाई रूसले २०१४ मा गाभेको थियो र रूसले युक्रेनलाई नेटो सैन्य गठबन्धनमा सामेल हुने कुनै पनि विचार त्याग्न पनि जोड दिएको छ।
यद्यपि, युक्रेनले भने रूसको सो माग अस्वीकार गरिररहेको छ । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖