बेपत्ता रूसी जहाज दुर्घटनाग्रस्त फेला, कोही पनि जिवित नरहेको आकलन
एजेन्सी । रूसमा बेपत्ता भएको जहाज दुर्घटनाग्रस्त फेला परेको छ।
बुधबार खाबरोव्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा जाँदै गरेको एन्टोनोभ एन-२४ जहाज टिन्डाबाट केही माइल वर पुगेपछि सम्पर्कविहीन भएको थियो।
उक्त जहाज दुर्घटना भएको भेटिएको रूसी समाचार संंस्था तासले जनाएको छ।
टिन्डाको विमानस्थलबाट केही माइल वर भिरालो जंगलमा जहाज दुर्घटनाग्रस्त भेटिएको हो।
जहाज सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको थियो।
ती हेलिकप्टरमा सवार उद्धारकर्ताहरूले टिण्डाभन्दा अगाडि नै जंगलमा धुवाँ आइरहेको फेला पारेका थिए। उनीहरूले आकाशबाटै अवलोकन गर्दा जहाजका भग्नावशेषहरू देखिएको भनेर रूसी अधिकारीहरूलाई उद्धृत गरेर अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।


